समाज

एनआरएनए १७ औं यूरोपेली भेला जुन तेस्रो साता : परराष्ट्रमन्त्री सहभागी हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औं यूरोपेली सम्मेलन यस महिनाको अन्तिम साता आयोजना हुने भएको छ। एनआरएनए यूरोप संयोजक रोवट लिम्बुका अनुसार, सो सम्मेलन आगामी जुन २३–२४ मा आयरल्याण्डको डब्लिनमा आयोजना हुनेछ। 

यसैबीच, एनआरएनए अध्यक्ष डा. हेम राज शर्माको नेतृत्वमा शुक्रबार एक प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटघाट गरेको छ। 

भेटको क्रममा प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली नागरिकता, वैदेशिक लगानी प्रवर्द्धन, सम्पत्ति अधिकारको सुनिश्चितता, मतदान अधिकार, साथै विदेशमा रहेका नेपालीहरूले भोगिरहेका विविध समस्याहरू लगायतका महत्वपूर्ण मुद्दाहरू प्रस्तुत गरेको थियो।

भेटमा, एनआरएनए युरोपियन क्षेत्रीय समितिद्वारा आयोजना हुन गइरहेको १७औं एनआरएनए युरोपेली क्षेत्रीय सम्मेलन, महिला सम्मेलन २०२६ र युवा सम्मेलन २०२६ मा प्रमुख अतिथिको रूपमा सहभागिता जनाउन माननीय परराष्ट्रमन्त्रीलाई औपचारिक रूपमा निमन्त्रणा गरिएको छ।

प्रकाशित: २० चैत्र २०८२ १८:२७ शुक्रबार