नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको पुरस्कार राशिबारे औपचारिक जानकारी दिएको हो।
क्यानका अनुसार प्रतियोगिताको उपविजेताले ८० लाख रुपैयाँ हात पार्नेछ।
त्यसैगरी, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थान हासिल गर्ने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
प्रकाशित: ८ कार्तिक २०८३ १६:३१ आइतबार