रुकुम जिल्लाको आठबिसकोट नगरपालिका–चार गोताकोटबाट नवजात शिशुसहित आमाको हेलिकप्टरबाट उद्धार गरिएको छ। आज बिहान गोतामकोटकी २२ वर्षीया अर्चना विक र उनको शिशुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको हो।
सोमबार बिहान जन्मेको शिशुको श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत पठाइएको आठबिसकोट नगरप्रमुख रवि केसीले जानकारी दिए।
नगर अस्पतालमा उपचार सम्भव नभएपछि विक र उनको नवजात शिशुलाई थप उपचारका लागि सुर्खेत पठाइएको हो। नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आमाबच्चाको उद्धार गरिएको नगरपालिकाले जनाएको छ। रासस
प्रकाशित: ३१ असार २०८२ १२:३५ मंगलबार