मोरङको विराटनगर महानगरपालिका-७ स्थित मालपोत कार्यालय अगाडि नवजात शिशु फेला परेका छन्।
शिशुको मोरङ प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको छ। आज करिब २-३ दिनको नवजात शिशु छोरा फेला परेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरीले शिशुको उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याएको हो।
हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। नवजात शिशुलाई उक्त स्थानमा कसले र किन छाडेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: ८ भाद्र २०८३ १०:०६ सोमबार