स्याफ्रुबेसीमा आजदेखि नयाँ पुल संचालनमा आएको छ । गत भदौ १० गते भोटेकोशी नदिमा आएको बाढीका कारण रसुवाको स्याफ्रुबेसीमा रहेको पुल बगाएपछि त्यस क्षेत्रको यातायात अवरुद्ध हुन पुगेको थियो ।
त्यसपछि स्थानीयले यातायात व्यवस्थापनका लागि काठेपुल निर्माण गरेका थिए । कार्तिक १४ गते भोटेकोशीमा पुनः आएको बाढीले उक्त काठे पुल पनि बगाएर यातायात बन्द हुन पुगेको थियो ।
हाल त्यही ठाउँमा स्थानिय सरोकारवला निकायको सानूहिक पहलमा नयाँ पुल निर्माण गरी आजदेखि संचालनमा ल्याइएको स्थानीय समाजसेवी फूर्पु तामाङले जानकारी दिए ।
प्रकाशित: २३ कार्तिक २०८३ ०९:२२ सोमबार