समाज

भोटेकोशी बाढीपछि चीनमा अलपत्र नेपालीलाई दूतावासको सम्पर्कमा आउन आग्रह

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण  चीनमा अलपत्र परेका नेपाली नागरिकलाई बेइजिङस्थित नेपाली राजदूतावासले सम्पर्कमा आउन आग्रह गरेको छ।

बाढीका कारण नेपाल–चीन सीमा क्षेत्र अवरुद्ध भएपछि नेपाल फर्किन आवश्यक सहजीकरणका लागि बेइजिङस्थित नेपाली राजदूतावासले सम्पर्कमा आउन आग्रह गरेको छ।

राजदूतावासले सूचना जारी गर्दै सीमा नाका अवरुद्ध हुँदा प्रभावित नेपाली नागरिकलाई उद्धार तथा स्वदेश फर्काउने प्रक्रिया सहज बनाउन राजदूतावास र ल्हासास्थित नेपाली महावाणिज्यदूतावाससँग सम्पर्क गर्न अनुरोध गरेको हो।

राजदूतावासले महावाणिज्यदूतावासका प्रतिनिधि युवराज ठेटे तथा बेइजिङस्थित नेपाली राजदूतावासका सन्तु महत र राजकुमार शाहसँग सम्पर्क गर्न सम्पर्क नम्बर उपलब्ध गराएको छ।

नेपाली महावाणिज्यदूतावास, ल्हासा

युवराज ठेँटे: (+८६ १३३९८०६७५६७)

cgplhasa@mofa.gov.np

नेपाली राजदूतावास, बेइजिङ

सन्तु महत: (+८६ १५६५१९३२९१३)

राज कुमार शाह: (+८६ १३६९१०२४५७६)

beijing@nepalembassy.org.cn

प्रकाशित: ११ भाद्र २०८३ १३:२३ बिहीबार