समाज

पुल बगाएको तादी नदीमा बेलीब्रिज जोड्दै नेपाली सेना

नुवाकोटको देवीघाटमा तादी नदीले पुल बगाएको ठाउँमा बेलिब्रिज जडान गरिएको छ। नेपाली सेनाको टोलीले शनिबार दिउँसोदेखि त्यहाँ बेलिब्रिज जडान थालेको हो।

बिदुर नगरपालिका-५ देवीघाटस्थित तादी नदीमा बेलीब्रिज राख्न सेनाको ५५ जनाको टोली खटिएको नेपाली सेनाले जनाएको छ। सेनाले यही पुलको नजिकै त्रिशूली नदीमाथि तुइन पनि जडान गरिरहेको छ। पुलसँगै सडकमार्ग बगाउँदा नुवाकोटकै केही क्षेत्र र रसुवासँग सडकसम्पर्क टुटेको थियो।

प्रकाशित: २० भाद्र २०८३ १४:४९ शनिबार