समाज

संवैधानिक इजलासको निर्णय सच्याउन नेपाल बारको माग

नेपाल बार एशोसिएसनले संवैधानिक इजलासको छनोटपूर्ण गठन र तोक आदेशद्वारा विचाराधीन मुद्दा तोक्ने निर्णय सच्याउन माग गरेको छ।

बारका महासचिव केदारप्रसाद कोइरालाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा संवैधानिक इजलासको छनोटपूर्ण गठन र तोक आदेशद्वारा विचाराधीन मुद्दा तोक्ने निर्णय तत्काल सच्याउन माग गरिएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘खुला इजलाससमक्ष विचाराधीन मुद्दा पेसीका दिन बहस, छलफलद्वारा कुन इजलासमा पठाउने वा नपठाउने भन्ने विषय टुङ्गो लगाउने परम्परा र अभ्यास रहिआएकामा टिप्पणी आदेशको माध्यमबाट राष्ट्रिय महत्त्वको मुद्दा संवैधानिक इजलासमा सार्नु संवैधानिक मूल्यमान्यता अनुसार छैन।’

प्रकाशित: २९ श्रावण २०८३ २१:०० शुक्रबार