सेवाग्राहीको चापलाई लक्षित गरी राष्ट्रिय परिचय पत्रको सेवा शनिबार समेत जिल्ला प्रशासन कार्यालयमा उपलब्ध हुने भएको छ ।
पर्सि शनिबार (साउन १७ गते) सामाजिक सुरक्षा भत्ता पाईरहेका सेवाग्राहीलाई लक्षित गरी राष्ट्रिय परिचय पत्र बनाउने सेवा प्रशासन कार्यालयमा उपलब्ध हुने भएको हो । प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले सेवाग्राहीको अत्यधिक चापलाई मध्यनगर गरी शनिबार समेत राष्ट्रिय परिचय पत्रको सेवा उपलब्ध हुने जानकारी दिए ।
सामाजिक सुरक्षाका लागि राष्ट्रिय परियत्र पत्र अनिवार्य गरिएपछि अहिले प्रशासन कार्यालयमा परियत्र पत्र बनाउन आउनेको भीड लाग्ने गरेको छ । प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेपछि कुपन प्रणाली लागु गरिएको छ । दैनिक सय बढीको फारम भर्ने गरिएको छ ।
कपिलवस्तु महाराजगज, बुद्धभुमी नगरपालिका तथा यशोधरा, मायादेवी र सुद्धोदन गाउँपालिकाका सेवाग्राही प्रशासन कार्यालयमा सेवा लिन आउने गरेका छन । अपांग, बृद्ध बृद्धाहरुलाई प्राथमिकतामा राखेर सेवा दिदै आएको प्रजिअ तामाङले बताए ।
प्रकाशित: १५ श्रावण २०८२ १९:२२ बिहीबार