समाज

मुगु दुर्घटना : घाइते अन्जु थापाको उपचारका क्रममा मृ'त्यु

मुगुको रारा ताल घुम्न जाने क्रममा भएको गाडी दुर्घटनामा घाइते भएकी अन्जु थापाको उपचारका क्रममा मृत्यु भएको छ।

आइतबार मुगुको छायानाथ नगरपालिका–७, टोप्लामा बा १७ च १८६४ नम्बरको हाइलक्स जिप दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए।

सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत ललितपुर महानगरपालिका–१५ का गाडी चालक ५८ वर्षीय कञ्चन थापा र उनकी श्रीमती अन्जु थापालाई उद्धार गरी काठमाडौं लगिएको थियो।

उपचारका लागि ललितपुरस्थित बी एन्ड बी अस्पतालमा भर्ना गरिएकी अन्जु थापाको उपचारकै क्रममा मृत्यु भएको हो।

उक्त दुर्घटनामा काठमाडौंको कलंकी स्थायी ठेगाना भएका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको थियो। उनीहरू रारा ताल घुम्नका लागि मुगु पुगेका थिए।

मृतकहरूको शव भने सुर्खेत लगिएको छ।

प्रकाशित: ३० कार्तिक २०८३ १६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App