समाज

मुग्लिन–नारायणगढ सडक खुल्यो, दुई तर्फी चल्न थाले सवारी साधन

मुग्लिन–नारायणगढ सडक दुई तर्फी नै खुलेको छ। तुइन खोलामा खसेको पहिरो पन्छाउने काम सकिएसँगै सोमबार साँझ ६ बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको हो।

दिउँसोतर चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिकै ठुलो पहिरो खसेको थियो। जसले दसैंमा घर जान निस्किएका हज्जारौं यात्रुहरू अलपत्र परेका थिए । झन्डै ६ घण्टा लामो प्रयासपछि पहिरो पन्छाउने काम सकिएको हो। पहिरो पन्छाउने काम सकिएसँगै दुई तर्फी नै सवारी चल्न थालेको जनाएको छ।

प्रकाशित: १३ आश्विन २०८२ १८:५० सोमबार