समाज

वडाध्यक्षको निधनले कागेश्वरी मनोहरामा भोलि शोक बिदा

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिले भोलि मंसिर १९ गते शुक्रबारलाई शोक बिदा दिएको छ ।  

नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष भिमसेन थापाको निधनको शोकमा पालिकाले शोक बिदा दिएको हो ।  

वडाध्यक्ष थापाको बिहीबार निधन भएको छ ।  

नगरपालिकाको कार्यालयले एक सूचना जारी गर्दै पालिकाको कार्यालय, सबै वडा कार्यालय, अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय तथा संस्थागत र सामुदायिक विद्यालयमा शोक बिदा दिएको उल्लेख गरेको छ ।

प्रकाशित: १८ मंसिर २०८२ १८:५३ बिहीबार