समाज

ताप्लेजुङको सिदिङ्वाका विद्यालयमा शुक्रबार शोक बिदा

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका विद्यालयमा शुक्रबार एक दिनका लागि शोक बिदा दिइएको छ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार पालिकाको खुवा आधारभूत विद्यालयका शिक्षक दिलिपकुमार मण्डलको निधनको शोक मनाउन शुक्रबार एक दिनका लागि विद्यालय बन्द गरिएको हो। 

सिराहाको विष्णुपुर गाउँपालिका वडा नं ३ मुसहर्निया घर भएका मण्डलको आफ्नै घरमा करेन्ट लागि यही कात्तिक २ गते निधन भएको थियो। उनी दसैँतिहार र छठ मनाउन घर पुगेका बेला खेतमा पानी लगाउने क्रममा करेन्ट लागि मृत्यु भएको थियो।

उनको मृत्यु भएको १३ औं दिनको पुण्य तिथीका दिन शुक्रबार बिदा दिएको पालिकाले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०८२ १०:३५ शुक्रबार