रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ८, एकान्तमा ईभी गाडीको ठक्करबाट आमा र छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवाली रहेका छन्।
उनीहरूलाई विपरीत दिशाबाट आउँदै गरेको भे १ ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्वस्तिका र उनकी छोरी शौचालय जानका लागि गाडीबाट ओर्लिएका बेला उक्त माइक्रोबसले उनीहरूलाई ठक्कर दिएको थियो। दुर्घटनामा आमा–छोरी दुवै गम्भीर घाइते भएका थिए।
घाइते दुवै जनालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो। तर, उपचारकै क्रममा बिहान ९ः३० बजे चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरीले माइक्रोबस नियन्त्रणमा लिएको छ।
प्रकाशित: ७ भाद्र २०८३ ११:३५ आइतबार



