चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरी बलले कीर्तिपुर नगरपालिका–९ पागादोबाटो बस्ने ३९ वर्षीय अनिल देउला र उदयपुरको गाईघाट घर भई हाल चन्द्रागिरि नगरपालिका ४ नैकाप बस्ने २४ वर्षीया सुमित्रा राईलाई आज नियन्त्रणमा लिएको हो।
देउलाले लागुऔषध कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपालको टोलीले १५ हजार क्याप्सुल ट्रामाडोलसहित उनीहरूलाई नियन्त्रणमा लिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले बताए।
देउलाको कोठाबाट डाइजापम तथा फेरेनागन ट्याब्लेट एक हजार १८८ वटा, ट्रामाडोल तीन हजार ७७० वटा र पोलेन १५० वटासहित सुमित्रा राईलाई नियन्त्रणमा लिइएको हो।
उनीहरूलाई आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सहप्रवक्ता थापाले जानकारी दिए।
प्रकाशित: ३ श्रावण २०८३ १७:५४ आइतबार