समाज

जेनजी आन्दोलनका घाइते शान्तनुलाई भेट्न अस्पताल पुगे मन्त्रीद्वय निशा र सीता

स्वास्थ्य मन्त्री निशा मेहता र महिला मन्त्री सीता बादीले जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकाललाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमै पुगेर भेटेका छन्।

शान्तनुको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा पुनर्स्थापनाका विषयमा जानकारी लिन उनीहरू आज अस्पताल पुगेका हुन्। सो अवसरमा मन्त्रीद्वयले उपचाररत शान्तनु तथा उनका परिवारसँग भेटघाट गर्दै उपचारको प्रगति, थप उपचारका आवश्यकता र परिवारले भोगिरहेका समस्याबारे जानकारी लिएका थिए।

उनीहरूले शान्तनुको प्रभावकारी उपचार, उपचारपछिको पुनर्स्थापना तथा परिवारको सामाजिक र आर्थिक सुरक्षाका लागि सम्बन्धित मन्त्रालयबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

घाइतेको उपचारदेखि जीवनयापन र पुनर्स्थापनासम्म राज्यको जिम्मेवारी सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको मन्त्रीद्वयले बताएका छन्।

प्रकाशित: ९ मंसिर २०८३ २१:३२ बुधबार