ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा ठूलो बाढी आएपछि त्रिशूली नदीको बहाव बढेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
मन्त्री श्रेष्ठले नुवाकोट, धादिङ, चितवन, गोरखा लगायत त्रिशूली नदी तटीय क्षेत्रका जिल्लाका बासिन्दालाई सुरक्षित स्थानमा रहन अनुरोध गरेका हुन्।
उनले उद्धार तथा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित सबै निकायसँग निरन्तर समन्वय भइरहेको बताएका छन्। जोखिमयुक्त क्षेत्रमा नजान तथा परिवार, छिमेकी र समुदायलाई सचेत गराउन उनले आग्रह गरेका छन्।
प्रकाशित: १० भाद्र २०८३ १२:४३ बुधबार