नेपाल रिपब्लिक मिडियाकी अध्यक्ष शोभा ज्ञवालीले मिडिया केबल सूचना दिने माध्यममात्रै नभएको बताएकी छन्।
१७ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा उनले मिडिया केबल सूचना दिने माध्यममात्रै नभएको भन्दै समाज निर्माण गर्ने शक्ति भएकाले जनताको आवाजलाई बालियो बनाउनुपर्नेमा जोड दिइन्।
समाचार दिनु मात्रै नभइ विश्वास र सचेत समाज निर्माण गर्नुपर्नेमा उनको जोड छ। नेपाल रिपब्लिक मिडियाको १७ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा विशेष कार्यक्रम भइरहेको छ। कार्यक्रममा १६ औं नागरिक नायक घोषणा गरिने अध्यक्ष शोभा ज्ञवालीले बताइन्।
प्रकाशित: ११ वैशाख २०८३ १७:५७ शुक्रबार