समाज

जापानले दमकल दिएपछि मायादेवी गाउँपालिका बन्यो जिल्ला कै पहिलो

कपिलवस्तुको मायादेवी गाउँपालिकालाई जापान सरकारले दमकल प्रदान गरेको छ । युनाईटेड मिशन टु नेपालको सहकार्यमा जापान राजदुताबासले पालिकालाई दमकल प्रदान गरेको हो ।  

राजुदताबासले मयादेवी गाउँपालिकासहित देशका ६ पालिकालाई दमकल प्रदान गरेको हो । बिहीबार युएमएन काठमाडौंको थापाथलीस्थित केन्द्रीय कार्यालयका युएमएनकी कार्यकारी अध्यक्ष धन लामाले दमकलको चाबी मायादेवी गाउँपालिकाका अध्यक्ष वलीउद्दीन मुसलमान र प्रमुख प्रशाकीय अधिकृत नरेन्द्र यादवलाई हस्तान्तरण गरेकी थिईन ।  

योसँगै मायादेवी गाउँपालिका दमकल हुने जिल्ला कै पहिलो गाउँपालिका बनेको छ । जिल्लामा ४ गाउँपालिका र ६ नगरपालिका छन । जसमध्ये १ महाराजगञ्ज नगरपालिकामा हालसम्म दमकल छैन । तीन वर्षको अथक प्रयास पछि दमकल प्राप्त भएकोमा गाउँपालिका अध्यक्ष मुसलमानले खुशी ब्यक्त गरे ।  

मायादेवी गाउँपालिकामा धेरै आगलागीका घटना हुने गरेको छ । दमकल नभएकाले कपिलवस्तु नगरपालिकाको दमकललाई बालाउनु पर्ने बाध्यता थियो ।  

दमकलसँगै आगलागी नियन्त्रणमा सहजता हुने अध्यक्ष मुसलमानले बताए । जनतालाई दिएको बाचा अनुसार आफूले काम अघि बढाएको उनले बताए ।  

 

प्रकाशित: १३ कार्तिक २०८२ १९:३१ बिहीबार