सर्लाहीको रामनगर गाउँपालिकास्थित उखु खेतमा भीषण आगलागी भएको छ।
रामनगर गाउँपालिका वडा नम्बर १ महादेव टोलको पूर्वपट्टि रहेको उखु बारीमा मंगलबार बिहानदेखि आगाे लागेकाे हाे।
स्थानीय अच्चेलाल रायको उखु खेतबाट सल्केको आगो फैलिएर करिब ५ बिघा क्षेत्रफलमा लगाइएको उखु खेतसम्म पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका इन्सपेक्टर बिन्देशवर यादवले बताए।
मंगलबार करिब ११ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन नसकेपछि बरहथवा नगरपालिकाको बारुण यन्त्र पठाइएको इन्सपेक्टर यादवले नागरिकलाई बताए।
आगलागी नियन्त्रणका लागि घटनास्थलमा स्थानीयसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको इन्सपेक्टर यादवले बताए ।
प्रकाशित: १० चैत्र २०८२ १४:२४ मंगलबार