समाज

जलजला दुर्घटनामा ज्यान गुमाएका रुकुम पूर्वमा ६ जनाको सामूहिक दाहसंस्कार

रोल्पाको जलजलामा जिप दुर्घटनामा ज्यान गुमाएका २० जना मध्ये रुकुम पूर्वमा ६ जनाको सामूहिक दाहसंस्कार गरिएको छ ।

गत बिहीबार सिस्ने गाउँपालिका-६ की युवा बुढाथोकीका श्रीमान् दीपक अमेरिकाबाट आएपछि ६ जनाको सोमबार धाउने बगरस्थित सानीभेरी नदी किनारमा दाहसंस्कार गरिएको हो ।

बाँकी १४ जनाको भने सम्बन्धित ठाँउमा लगेर गत शनिबार नै दाहसंस्कार गरिसकिएको छ ।

प्रकाशित: २१ वैशाख २०८३ १४:२१ सोमबार