समाज

भोटेकोशी बाढीमा पूर्वसूचना प्रभावकारी हुँदा धेरैको ज्यान जोगियो : प्रतिवेदन

बाढी पूर्वानुमान महाशाखाले बुधबारको भोटेकोशी-त्रिशूली बाढीबारे तयार गरेको प्राविधिक प्रतिवेदनले पूर्वसूचना प्रभावकारी हुँदा ठूलो मानवीय क्षति हुनबाट जोगिएको देखाएको छ।

बिहान ९:०५ बजे रसुवा जिल्लास्थित भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त भएको थियो। थप विश्लेषण गर्दा भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढीको प्रभाव क्रमशः तल्लो तटीय क्षेत्रमा विस्तार भएको देखिएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको जानकारी अनुसार बुधबार रातिसम्म १५७ जनाको शव फेला पारिएको थियो।

बाढी सुरु भएदेखि नै बाढी पूर्वानुमान महाशाखाले उपलब्ध जलस्तर, बाढीको बहाव र प्राप्त सूचनाका आधारमा सम्बन्धित जिल्ला, नदी तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका नागरिकलाई निरन्तर पूर्वसूचना र सतर्कता सन्देश पठाएको थियो। प्रतिवेदनले यही पूर्वसूचनाका कारण धेरै नागरिकले ज्यान जोगाउन सफल भएको जनाएको छ।

प्रतिवेदनअनुसार बिहान ८:३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो। बिहान ८:४० बजे भोटेकोशी स्याफ्रुबेसी जलमापन केन्द्रबाट तथ्यांक प्राप्त हुन बन्द भएको थियो। त्यसबेलाको अन्तिम मापनअनुसार नदीको जलस्तर १.६२ मिटर थियो। नदीको चेतावनी तह ६ मिटर र खतराको तह ९ मिटर तोकिएको थियो।

थप तल हेर्नुस्।

प्रकाशित: ११ भाद्र २०८३ ०७:०९ बिहीबार