समाज

सशस्त्रमा प्रवक्ताको जिम्मेवारी मनिष थापालाई

सशस्त्र प्रहरी बल नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापालाई दिइएको छ ।  

यसअघि सूचना अधिकारी तथा प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएपछि थापाले यो जिम्मेवारी पाएका हुन् ।  

अब सशस्त्र प्रहरीसँग जोडिएका सूचनाबारे जानकारी लिन थापालाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल spokesperson@apf.gov.np मा सम्पर्क गर्न सकिने सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

 

प्रकाशित: ७ मंसिर २०८२ १६:५५ आइतबार