कपिलवस्तुको गुरुसिङ्गे जङ्गलमा केहीबेर अघि एक जना पुरुषको शव भेटिएको छ। मोटरसाइकल भेटिएको स्थानबाट नजिकै पुरुषको शव भेटिएको प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिए।
गत शुक्रबार दिउँसोदेखि कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह पनि सम्पर्कविहीन छन् । उनले प्रयोग गरेको मोटरसाइकल नजिक पुरुषको शब भेटिएको भएपनि सनाखत हुन भने बाँकी रहेको प्रहरी उपरीक्षक भट्टले बताए।
प्रहरीले ८० बढी सुरक्षाकर्मीको सहयोगमा पूर्वमेयर सिंहको खोजी गरिरहेको छ।
प्रकाशित: २४ श्रावण २०८३ १२:०७ आइतबार