समाज

श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ

मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

महोत्तरी रामगोपालपुर घर भई वीरगञ्ज महानगरपालिका वडा नं.१० बस्ने ४५ वर्षीय रामनारायण दास तत्माले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ४२ वर्षीय हलसिया कुमारी देवीको हत्या गरेका हुन्।

उनले फलामको गलले टाउको लगायत शरीरको विभिन्न भागमा क्रुरतापूर्वक प्रहार गरी हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

श्रीमतीको हत्या गरी फरार रहेका रामनारायणलाई महोत्तरीस्थित घरबाट नियन्त्रणमा लिइ कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ जेष्ठ २०८३ १८:५३ आइतबार