समाज

हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

बर्दिया राष्ट्रिय निकुन्जको हात्तीसारमा हात्तीले आक्रमण गर्दा माहुतेको ज्यान गएको छ। 

जंगलमा चराएर नुहाउँने क्रममा जंगली हात्तीले आक्रमण गरेको खुलेको छ । हात्तीसार नजिकको सामुदायिक वनमा माहुतेले हात्ती चराउँन र नुहाउन लगेको बेला हात्ती आक्रमण भएको हो । हात्तीले आक्रमण गर्दा मुधवन नगरपालिकाका गंगाराम थारुको ज्यान गएको प्रमुख संरक्षण अधिकृत अशोकरामले बताए ।

‘घटना घटेको खबरपछि घटनास्थल तर्फ जान खोज्दा उद्धारटोलीलाई पनि हात्तीले आक्रमण गर्न खोजिरहेको थियो,’ उनले भने,‘अन्तत: हात्तीले ज्यान लिईसकेको रहेछ ।’ 

प्रकाशित: १४ चैत्र २०८२ १७:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App