समाज

ज्योतिको तारिफमा महेश

 गायन तथा नृत्यका कारण चर्चा बटुल्दै आएकी मोडेल ज्योति मगर यति बेलामा बौद्धिकताका कारण चर्चामा छिन्। केही दिन अगाडी उनले एक पोडकाष्टमा व्यक्त गरेका धारणाको धेरैले तारिफ गरे। यस्तोमा  नेकपा (एमाले)का नेता महेश बस्नेतले पनि ज्योतिको तारिफ गरेका छन्। 

 ‘शत्रुहरू चम्किरहेको क्षणमा ज्योति मगरले देखाएको निर्भीकता र साहस वाकई मान्न लायक छ,’ महेश बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आलोचना र आक्षेपको भिडबिच पनि दृढतापूर्वक उभिन सक्ने शक्ति बाटो उनले आफ्नो पहिचान बनाएकी छन्।’

ज्योतिले  सामाजिक सञ्जालमा आफूमाथि हुने आलोचना वा आक्षेपबाट आफू कुनै पनि प्रकारको भयभीत नहुने बत्ताएसँगै बस्नेतले तारिफ गरेका गरेका हुन् ।  

प्रकाशित: ९ भाद्र २०८२ १२:०४ सोमबार