समाज

देउवा लक्षित महावीरको प्रश्न : के बोल्या यो हावा बुढाले?

नेपाली वैज्ञानिक तथा सामाजिक अभियान्ता महावीर पुनले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने नीतिलाई लिएर सत्तारुढ दलभित्र देखिएको दुबिधामाथि प्रश्न गरेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमा दर्ता हुन नमानेका फेसबुकसहित २६ वटा सञ्जाल बन्द गरेको कुरामा देउवाले असहमति प्रकट गरेपछि पुनको यस्तो प्रतिकृया आएको हो। शनिबार देउवाले सञ्जाल बन्द नभई दर्ता गर्न भनिएको कुरा बताएका थिए। 

सोही कुरालाई लिएर पुनले प्रश्न गर्दै लेखेका छन्, ‘के बोल्या यो हावा बुढाले? सोसल मिडियाहरू दर्ता गर्न नआएको हुँदा तिनीहरूलाई बन्द गरिदिनु भनेर नेपाल दूर सञ्चार प्राधिकरणलाई हुकुम दिने नेपाल सरकार नै हो?’ 

उनले अगाडि भनेका छन्, ‘नेपाल दूरसञ्चार प्राधिकरणले सम्पूर्ण इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा बन्द गर भनेकै हो । यो बुढो र अर्को हावा बुढो नै प्रमुख दोषी हो अहिलेको सूचनाको अन्धकार हुने अवस्था ल्याउने।’ 

सरकारले सामाजिक सञ्जाल बिहीबार नै बन्द गर्न निर्देशन दिएको थियो। त्यसपछि केहीले दर्ताका लागि चासो पनि देखाएको सरकारले दाबी गर्दै आएको छ। 

प्रकाशित: २२ भाद्र २०८२ ०९:२० आइतबार