समाज

नवलपरासी कारागारबाट भागेका कैदीलाई फर्किन स्थानीय प्रशासनको निर्देशन

स्थानीय प्रशासनले नवलपरासी कारागारबाट बुधबार भागेका कैदीबन्दीलाई अविलम्ब फर्किन निर्देशन दिएको छ। 

जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै उनीहरूलाई कारागार फर्कन निर्देशन दिएको हो। हिजो  ५४३ कैदी भागेका जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले केही कैदी फर्कनेक्रम जारी रहेको बताए।

यो समाचार तयार पार्दासम्म पाँच जना कैदी सम्पर्कमा आएका छन्। रासस

प्रकाशित: २६ भाद्र २०८२ १९:१८ बिहीबार