भरतपुर महानगरपालिका १५, रामपुरमा विद्युत् ट्रान्सफर्मरमा करेन्ट लागेर एक चितुवा मरेको छ।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलका अनुसार आज आज दिउँसो पोथी चितुवा मृत अवस्थामा फेला परेको हो।
मृत चितुवा करिब ८ देखि १० महिनाको पोथी रहेको उनले जानकारी दिए। चितुवालाई आवश्यक परीक्षण तथा पोस्टमार्टमका लागि सौराहा लगिएको छ।
‘चितुवाको मृत्यु करेन्ट लागेरै मरेको भन्ने पुष्टि भएको छ। अन्य कारणसमेत जोडिएको हुन सक्छ।’ उनले भने ‘पोस्टमार्टमपछि अन्य विवरण यकिन हुन्छ।’ पोस्टमार्टमपछि चितुवाको मृत्युको कारणसहित घटनाको थप विवरण खुल्ने सूचना अधिकारी पौडेलले बताए।
प्रकाशित: १० आश्विन २०८३ १७:१९ शनिबार