काठमाडौंको नयाँ बानेश्वरमा भएको जेन-जी पुस्ताको प्रदर्शनका क्रममा कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गरेका प्रहरीहरूलाई मंगलबार पशुपति आर्यघाटमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ।
प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले वीरगति प्राप्त प्रहरीहरूको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाएर सम्मान व्यक्त गरे। उनले शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै कर्तव्य पालनाका क्रममा जीवन उत्सर्ग गर्ने प्रहरीहरूको योगदान संगठनले कहिल्यै नबिर्सने बताए।
प्रकाशित: २७ भाद्र २०८२ १८:१० शुक्रबार