नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
यस सडकखण्डअन्तर्गतको इच्छाकामना गाउँपालिका-५ स्थित तुईन खोलामा आज बिहान ६:३५ बजे माथिबाट सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको हो।
पहिरो खसेसँगै सडक डिभिजन कार्यालय भरतपुर र प्रहरीको टोलीले पहिरो हटाउने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए।
उनका अनुसार पहिरो हटाउन केही घण्टा लाग्नेछ। यस स्थानमा पटकपटक पहिरो जाँदा यात्रुहरूलाई निकै सास्ती हुँदै आएको छ।
प्रकाशित: ७ भाद्र २०८२ ०७:१७ शनिबार