समाज

धुलिखेल–खावा सडक खण्डमा पहिरो, सवारी साधन अवरुद्ध

फाइल तस्बिर

अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डमा पहिरो गएको छ। पहिरोका कारण सवारी साधन अवरुद्ध भएका छन्।

गए रातिदेखिको लगातार वर्षाका कारण अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्डको धुलिखेल ८ तिरतिरे धारामा पहिरो खस्न थालेपछि अरनिको राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

अरनिको राजमार्ग भएर चल्ने सवारी साधनलाई धुलिखेलमा र पाँचखालमा रोकिएको छ।

प्रकाशित: १८ आश्विन २०८२ १२:०२ शनिबार