समाज

बेनिघाट–लार्के सडकको पहिरो हट्यो, यातायात सुचारु

सांकेतिक तस्बिर : फाइल

बेनिघाट–लार्के सडकखण्डमा खसेको पहिरो हटाइएको छ। पहिरोको कारण अवरुद्ध उक्त सडक हाल सञ्चालनमा आएको छ।  

अति वर्षाको कारण बेनिघाट–लार्के सडकखण्डको खानीवेशीमा पहिरो खसेपछि यातायातको साधन बीच बाटोमै थन्किएका थिए। माछाखोलासम्म सवारीसाधन चल्न थालेका स्थानीय रञ्जना ढकालले जानकारी दिए।  

तातोपानी र दोभानको बीचमा झरेको पहिरो भने अझै हटाउन सकिएको छैन। उक्त स्थानमा स्थानीयले पहिरो हटाएर पैदलयात्रुलाई हिँड्न मिल्ने बनाएको ढकालले बताए। रासस

प्रकाशित: २० आश्विन २०८२ १५:२३ सोमबार