समाज

अविरल वर्षाका कारण कृष्णभीरमा पहिरो : पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

फाइल तस्बिर

बिहीबारदेखि जारी अविरल वर्षाका कारण कृष्णभीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

धादिङको कृष्णभिरमा गएराति ढुंगासहितको पहिरो खसेकापछि राजमार्ग अवरुद्ध भएको हो।

वर्षासँगैको बाढीपहिरोको जोखिमका कारण रातभर पृथ्वीराजमार्ग बन्द गरिएको थियो। बिहान पाँच बजेदेखि राजमार्गमा गाडी सन्चालन गर्ने भनिए पनि पहिरो खसेपछि गाडी चलेका छैनन्।

पहिरो पन्छाउने काम भइरहेको तर निरन्तर वर्षाका कारण समस्या भएको प्रहरीले जनाएको छ।

यसअघि, गत भदौ १४ गते त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि सोही स्थानमा भीषण पहिरो गएको थियो। उक्त पहिरो पन्छाएर माथिबाट २ सय ७० मिटर नयाँ ट्र्याक खोली ग्राभेल गरेपछि असोज १ गतेदेखि मात्रै सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो।

प्रकाशित: ९ आश्विन २०८३ ०७:४५ शुक्रबार