गएराति परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको सहिदमार्गमा यातायात सेवा अवरुद्ध भएको छ।
रोल्पास्थित प्रहरी चौकी कुरेलीका अनुसार परिवर्तन गाउँपालिका-१ खोलावाङमा सडक माथिबाट पहिरो खस्दा आज बिहानदेखि घोराही–थवाङ सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।
सडक अवरुद्ध हुँदा उक्त सडक हुँदै दाङ, रोल्पा, रुकुम जाने यातायातका साधनहरु बीच सडकमा नै रोकिएका छन्।
प्रकाशित: २१ भाद्र २०८३ ०८:२० आइतबार