चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।
मंगलबार राति करिब ११:१० बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्गको उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।
अवरुद्ध सडक खुलाउन पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले निकायले जनाएको छ।
प्रकाशित: २४ कार्तिक २०८३ ०७:०१ मंगलबार