चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा आज बिहान सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार बिहान करिब ५:०० बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो।
प्रहरी र सडक डिभिजन कार्यालयको पहलमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताए। पहिरो हटाएर सडक खुलाउन एकदेखि दुई घण्टा लाग्ने अनुमान गरिएको उनले बताए।
प्रकाशित: २३ कार्तिक २०८३ ०७:१८ सोमबार