समाज

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

फाइल तस्बिर

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि आवतजावत अवरुद्ध भएको छ।

जैमिनी नगरपालिका–८ बेलबगरस्थित सो करिडोरमा खसेको पहिरोले सडक अवरुद्ध भएको हो। सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।

सडक अवरुद्ध भएपछि बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएको छ भने बुटवलतर्फका सवारीसाधन बेलबगरमै रोकिएका छन्। रासस

प्रकाशित: ३२ असार २०८३ ०७:४० बिहीबार