जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ति गाउँपालिकामा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका पाँच परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। समितिले सार्वजनिक गरेको विवरणअनुसार केही जग्गा आवास प्रयोजनका लागि रहेका छन् भने केही जग्गा कृषि प्रयोजनका लागि रहेका छन्।
लामो समयदेखि आफ्नै नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। यसअघि सरकारले बर्दियाको बढैयातालमा २९ भूमिहीनलाई लालपुर्जा वितरण गरेको थियो।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुरूप लालपुर्जा वितरण कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।
प्रकाशित: २९ असार २०८३ १७:०४ सोमबार