सर्लाहीको हरिपुर नगरपालिकाले भदौ १ गते आइतबार श्रीकृष्ण जन्माष्टमीका लागि सार्वजनिक बिदा घोषणा गरेको छ।
नगरप्रमुख गोपाल पजियारले शुक्रबार सूचना जारी गर्दै यसबारे जानकारी गराएका हुन्।
आइतबार नगरपालिका, वडा कार्यालय, विद्यालय र आकस्मिकबाहेकका स्वास्थ्य संस्था बन्द रहनेछन्।
प्रकाशित: ३१ श्रावण २०८२ ०९:३० शनिबार