समाज

सुरक्षालाई ध्यानमा राखी सार्वजनिक यातायातमा टिकट अनिवार्य

जिल्ला प्रशासन कार्यालय सुर्खेत र यातायात समितिबीच सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले विभिन्न महत्वपूर्ण सहमतिहरू भएका छन्। सहमतिपछि यसअघि रोकिएको यातायात सेवा सुरु भएको छ।  

सहमति अनुसार अब सार्वजनिक स्थानमा जथाभावी पार्किङ गर्न पाइने छैन भने यात्रुले तोकिएका काउन्टरबाट मात्र टिकट लिनुपर्ने व्यवस्था लागू गरिनेछ। त्यस्तै, बसपार्क बाहिरबाट यात्रु चढाउन नपाइने, बसहरू तोकिएको बसपार्कबाटै गन्तव्यतर्फ प्रस्थान गर्नुपर्ने र तोकिएको भाडादरअनुसार मात्र भाडा लिनुपर्ने प्रावधान तय गरिएको छ।

यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै अनिवार्य रूपमा टिकट जारी गर्नुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने तथा सिट संरचनामा कुनै किसिमको हेरफेर गर्न नपाइने सहमति भएको छ। साथै, सवारी साधनहरू दर्ता भएको प्रयोजनअनुसार मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था समेत कडाइका साथ लागू गरिने जनाइएको छ।

यसअघि टिकट काउन्टरका कर्मचारीहरूलाई प्रहरीले पक्राउ गरेको विरोधमा शुक्रबार बिहानदेखि यातायात व्यवसायीहरूले आन्दोलन गर्दै सेवा बन्द गरेका थिए। तर, प्रशासन र व्यवसायीबीच सहमति भएपछि आन्दोलन अन्त्य भई यातायात सेवा पुनः सञ्चालनमा आएको हो।

प्रकाशित: २० चैत्र २०८२ १५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App