यमपञ्चकको तेस्रो दिन आज साँझ ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजाआराधना गरिएसँगै काठमाडौं उपत्यका झिलिमिली बत्तीको उज्यालोमा सजिएको छ।
घरघरमा बालिएका दियो, पाला र रंगीचंगी आधुनिक बिजुली बत्तीका कारण उपत्यकाको दृश्य निकै मनमोहक देखिएको छ।
काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित काभ्रेस्थलीको उच्च भागबाट दीपावलीको साँझ देखिएको सुन्दर दृश्य।
(तस्बिर : हरिराम भेटुवाल / रासस)
प्रकाशित: २२ कार्तिक २०८३ १८:५९ आइतबार



