समाज

नगर प्रहरी नहुँदा काठमाडौंका सडक अस्तव्यस्त

काठमाडौं महानगरपालिकाका नगर प्रहरी सडकमा नदेखिएपछि काठमाडौंका सडकहरु अस्तव्यस्त देखिन थालेका छन्।

गणेश नेपालीको घटनापछि नगर प्रहरीहरु ड्युटीमा नखटिएपछि काठमाडौंको फुटपाथमा पुनः व्यपार गर्न थालिएको छ भने सडकमा जथाभावी पार्किङ गर्न थालिएको छ।

चार पाङ्ग्रे सवारीसहित राइड सेयरिङ चालकहरूले सडक किनारमै साधन रोकि सडक अवरुद्ध पार्दा ट्राफिक जाम बढ्न थालेको छ। यस्तै, फुटपाथमा पुन: व्यपार गर्दा पैदलयात्रीलाई हिड्न समस्या भएको छ।

तीन दिन अघिसम्म व्यवस्थित र सफा देखिएको काठमाडौंका सडक फेरी गञ्जगोल र फोहोर देखिन थालेको छ।

प्रकाशित: २८ असार २०८३ १८:१३ आइतबार