शुक्रबार दिउँसो काठमाडौंमा भएको वर्षाले सडक जलमग्न भएको छ । वर्षाको पानीले सहज निकास नपाउँदा सडकमै जमेको छ। सडक किनारामा रहेका ढलहरू फोहोरले टालिएका कारण पनि पानी जमेको हो ।
सडक जलमग्न हुँदा सवारी साधन चालक र पैदल यात्री समस्यामा परेका थिए । सडकमा जमेको पानी ठूला गाडीको पांग्राले छ्याप्दा मोटरसाइकल चालक र पैदलयात्रीहरु भिजेका थिए ।
प्रकाशित: ६ भाद्र २०८२ १७:४५ शुक्रबार