समाज

दिउँसोको खाजा समयमा पनि काठमाडौं महानगरका सेवा अविछिन्न

काठमाडौं महानगरपालिकाले दिउँसोको मध्यान्न खाजाको समयमा पनि आफ्ना सेवा अविछिन्न रूपमा सञ्चालन हुने व्यवस्था मिलाएको जनाएको छ। महानगरका विभाग, आयोजना, सचिवालय, एकाइ, कार्यक्रम तथा वडा कार्यालयबाट प्रवाह हुने सेवामा कर्मचारीलाई आलोपालो कार्य विभाजन गरी सेवा नियमित गरिएको जनाइएको हो।

महानगरपालिकाका अनुसार सेवाग्राहीलाई कुनै पनि समयमा सेवा लिन सहज होस् भन्ने उद्देश्यले खाजाको समयमा समेत सेवा निरन्तरता दिइएको हो।

त्यसैगरी, सेवा प्रवाहमा कुनै गुनासो भए टोल फ्री नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्क गरी आफ्ना गुनासा टिपाउन महानगरले अनुरोध गरेको छ। साथै, गुनासो सुनुवाइ प्रक्रियामा समेत सेवाग्राहीलाई चासो राख्न आग्रह गरिएको छ।

प्रकाशित: १९ चैत्र २०८२ १०:३८ बिहीबार