काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन सात दिने अल्टिमेटम जारी गरेका छन्।
महानगरपालिका र प्राधिकरणको गत असोज २ गते बसेको संयुक्त बैठकका अनुसार आज सार्वजनिक सूचना जारी गरी अतिक्रमित क्षेत्र खाली गराउन निर्देशन दिने निर्णय गरेको हो।
महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने चेतावनी समेत सूचनामार्फत दिइएको छ।
प्रकाशित: १४ कार्तिक २०८२ ०८:४२ शुक्रबार