सरकारले दशैंका लागि अग्रिम टिकट नखोल्ने भएपछि घटस्थापना अघि नै काठमाडौ छाड्नेको संख्या बढेको छ ।
पछिल्लो एक हप्ताको अवधिमा ७० हजार जनाले काठमाडौं छाडेका छन् । जेन-जी आन्दोलनका कारण काठमाडौंको वातावरण असहज हुन सक्ने अनुमानसहित गत भदौं २५ गतेदेखि नै गाउँ जानेको संख्या बढेको हो ।
सरकारले दशैंका लागि अग्रिम टिकट नखुलाएपछि यो संख्या अझै बढेको यातायात व्यवसायीहरु बताउँछन् ।
गोंगबु, कलंकी, कोटेश्वरसहितका स्थानमा रहेका टिकट काउन्टरहरुमा दैनिकजसो यात्रुहरुको संख्या बढिरहेको छ । गत भदौं २५ देखि आज बिहीबारसम्म ७० हजारले काठमाडौं छाडेका हुन् ।
यो क्रम घटस्थापनादेखि दोब्बरले बढ्ने भन्दै सोही अनुसारको सवारी साधनको व्यवस्थापन भइरहेको व्यवसायीहरुले बताएका छन् ।
प्रकाशित: २ आश्विन २०८२ १६:४२ बिहीबार