समाज

पहिरो पन्छाएपछि खुल्यो कर्णाली राजमार्ग

कालीकोटको गगनेखोलामा शुक्रबार राति गएको पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग सुचारु भएको छ।

सडकको पहिरो पन्छाएपछि सडक सुचारु भएको हो।

सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहले अविरल वर्षापछि गगनेखोलामा पहिरो जाँदा अवरुद्ध भएको सडक सुचारु भएको जानकारी दिए।

उनका अनुसार पहिरो हटाउनका लागि बिहान ३ः०० बजेदेखि काम भएको थियो। यसका लागि सडक डिभिजन सुर्खेतसँग आवश्यक समन्वय पछि सडक सुचारु भएको हो।

कार्यालयले वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रातिको समयमा यात्रा नगर्ने सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ।

प्रकाशित: २७ असार २०८३ १३:३५ शनिबार