कर्णाली राजमार्गअन्तर्गत ताडी–मोल्फा खण्डमा ठूलो ढुंगा खस्दा सडक अवरुद्ध भएको छ।
बिहीबार साँझ करिब ४ बजे खसेको ठूलो ढुंगाका कारण उक्त खण्डमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको हो।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार ढुंगा पन्छाएर सडक सञ्चालनमा ल्याउन आवश्यक मेसिनसहित प्राविधिक टोली घटनास्थलमै परिचालन गरिएको छ। सडक खुलाउन तत्काल काम अघि बढाइएको कार्यालयले जनाएको छ।
केही दिन अघि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो र ढुंगा खस्ने जोखिम बढेको छ।
ताडी–मोल्फा खण्डमा समेत ठूलो ढुंगा खसेपछि यातायात प्रभावित भएको हो।
सडक डिभिजनले अवरोध हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ।
प्रकाशित: १५ आश्विन २०८३ १९:०० बिहीबार